लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्ना उत्पादनहरुको प्रवर्द्धन एवं विस्तार गर्नको लागि नायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ।
२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुनेछ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेनफोर्स्ड (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो।
कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ।
यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ।
‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको छ’, कमपनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रोहित गुप्ताले भने।
ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुअगाडि कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल गरेको हमालले बताए।
उनले भने, ‘वास्तवमै यस्तो एडभान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौँ।’
अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर–एसीएसआर÷एबीसी केबल÷एक्सएलपीई कभर्ड कन्डक्टर्स÷पावर केबल÷कन्ट्रोल्स केबल÷मल्टिकोर फिक्जेबल केबल÷डोमेस्टिक हाउस वाइरिङ्ग एफआरएलएस÷कन्सन्ट्रिक÷फ्लेक्जिबल÷इनामेल्ड विन्डिङ वायर्स र स्ट्रिप्सहरुको उत्पादन गर्दै आएको छ।
कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ।
लुम्बिनी विद्युत उद्योग लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगिनी संस्थाका रुपमा रहदैं आएको छ। कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ।
प्रतिक्रिया