ad ad

कारोबार


लक्ष्मी बैंकको ‘माई कार्ड आइडियाज’ प्रतियोगिता टीशा श्रेष्ठले जितिन्

लक्ष्मी बैंकको ‘माई कार्ड आइडियाज’ प्रतियोगिता टीशा श्रेष्ठले जितिन्

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १२:६,

लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ। आज काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो।

क्राउडसोर्सिङ्गको अवधारणाअन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो।

क्राउडसोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो।

साधारणतया क्राउडसोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउटसोर्स गर्ने प्रक्रियालाई जनाउँछ। यस प्रतियोगिताअन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणासहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आह्वान गरिएको थियो।

नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले सुश्री टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो।

विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइनबापत कुल तीन लाख ५० हजार रुपैयाँकाे चेक समेत प्राप्त गरेकी छिन्। 

कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .