विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिने गरेको अनुदान रकम रोक्ने निर्णय गरेको छ।
अफगानिस्तान तालिबानले कब्जा गरेपछि विश्व बैंकले यो ठूलो निर्णय गरेको हो।
विश्व बैंकका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हामीले अफगानिस्तानमा भुक्तानी रोकेका छौं। हामीले हाम्रो आन्तरिक नीति र प्रक्रियाका आधारमा अफगानिस्तानको वर्तमान अवस्थाप्रति निगरानी गरिरहेका छौं। हामी अन्तर्राष्ट्रिय साझेदारका साथै विकासमा सहभागी मानिससँग संवाद जारी राख्छौं। हामी आफ्ना साझेदारसँग मिलेर अफगानिस्तानका मानिसको मद्दतका लागि प्रयास जारी राख्छौं।’
अफगानिस्तानको सत्ता तालिबानले नियन्त्रणमा लिएपछि त्यहाँका परियोजना र विशेषगरी महिलालाई ठूलो असर पर्ने आकलन भइरहेको छ।
यो पनि : अफगानिस्तानका महिलालाई तालिबानको आग्रह– घरभित्रै बस्नू, बाहिर ननिस्कनू

यसअघि आईएमएफले पनि भुक्तानी बन्द गरिसकेको छ। यस्तै अमेरिकाले पनि अफगानिस्तान केन्द्रीय बैंकको सम्पत्ति जफत गरेको छ।
शुक्रबार विश्व बैंकले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कर्मचारी सुरक्षित रूपमा पाकिस्तान पठाइएको बताएको थियो। विश्व बैंकको यो निर्णय तालिबान सरकारका लागि ठूलो झड्का हो।
Shares

प्रतिक्रिया