राजनीति


अफगानिस्तानका महिलालाई तालिबानको आग्रह– घरभित्रै बस्नू, बाहिर ननिस्कनू

अफगानिस्तानका महिलालाई तालिबानको आग्रह– घरभित्रै बस्नू, बाहिर ननिस्कनू

नेपालखबर
भदौ ९, २०७८ बुधबार ५:५५, काठमाडौँ

अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँ विभिन्न काममा संलग्न महिलालाई घरमै बस्न आग्रह गरेको छ। 

महिला सुरक्षाका लागि एउटा व्यवस्था नबुन्जेल महिलालाई घरभित्रै रहन तालिबानले आग्रह गरेको हो। 

तालिबानका प्रवक्ता बजिउल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘यो एउटा अस्थायी प्रक्रिया हो।’

यसअघि पनि तालिबानको सरकार हुँदा महिलालाई कडा प्रतिबन्ध लगाइएको थियो। घरबाहिर काम गर्न तथा पढ्न निषेध थियो। तर यसपटक तालिबानले महिलालाई  स्वतन्त्रता र अधिकार दिने बताएको थियो।   

हुन त तालिबानका प्रवक्ता मुजाहिदले यसपटक घरबाहिर काम गर्ने महिलालाई अहिले लगाइएको बन्देज धेरै दिन नरहने आश्वासन दिएका छन्। 

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘हाम्रा सुरक्षा बललाई महिलासँग कस्तो व्यवहार गर्ने भन्ने प्रशिक्षण प्राप्त भइसकेको छैन। उनीहरूलाई महिलासँग कस्तो बोली–व्यवहार गर्ने भन्ने ज्ञान छैन। तसर्थ महिला सुरक्षा सम्बन्धमा जबसम्म पूरै व्यवस्था गरिँदैन, तबसम्म उनीहरूलाई घरमै रहन आग्रह गर्छाैं।’ बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad