राजनीति


जिल्ला सभापतिहरूको आन्दोलनबीच पौडेल पक्षको बैठक

जिल्ला सभापतिहरूको आन्दोलनबीच पौडेल पक्षको बैठक

नेपालखबर
भदौ ९, २०७८ बुधबार १०:२४, काठमाडौँ

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्न संस्थापनइतर समूहका नेताहरू ठमेलको चाक्सीबारीमा भेला भएका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेताहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका हुन्। 

बैठकमा आसन्न महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा  जारी आफूपक्षीय जिल्ला सभापतिहरूको आन्दोलनबारे छलफल भइरहेको चाक्सीबारी स्रोतले जनाएको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्। 

यसअघि गत सोमबार नेता पौडेलले बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा आफ्नो समूहमा रहेका सभापति पदका आकांक्षीहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad