कारोबार


अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा डा. उप्रेती

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा डा. उप्रेती

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार ११:३७, काठमाडौँ

अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती नियुक्त भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राज्यमन्त्री सरहको नियुक्ति दिएको हो। 

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारकाे आर्थिक विज्ञ रुपमा काम गरेका थिए।​

जनादर्श शर्मा अर्थमन्त्री भएपछि उनले मन्त्रीको सल्लाकारका रुपमा बाहिरबाट हेर्दै आएका थिए। 

श्वेतत्रप लेखन जस्ता काममा मन्त्रीलाई उनले सहयोग समेत गरेका थिए। आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा उप्रेती बाबुराम भट्टराई प्रधानमन्त्री नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिको अनुसन्धान जिम्मेवारी दिएका थिए।

उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका छन्।

जनार्दन शर्मा उर्जा मन्त्री रहँदा बुढीगण्डकी जलविद्युत आयोजना, नलसिंहगाड जस्ता ठूला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गरेका छन्।

रिसोर्सेस हिमालय फाउन्डेसन तथा विश्व बैंकअन्तर्गत पूर्वाधार परियोजनाहरुमा समेत अर्थविज्ञका रुपमा काम गरिसकका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .