कारोबार


चिनियाँ कम्पनी होङ्सीलाई नेपालमा १३ अर्ब ३० करोड लगानी गर्ने बाटो खुल्यो

चिनियाँ कम्पनी होङ्सीलाई नेपालमा १३ अर्ब ३० करोड लगानी गर्ने बाटो खुल्यो

दीपक भट्ट
साउन ३२

चिनियाँ कम्पनी होङ्सीले गरेको प्रस्तावअनुसार वैधानिक रुपमा नेपालमा लगानी गर्ने बाटो खुल्ला भएको छ। 

गत वर्ष होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत १३ अर्ब ३० करोड रुपैयाँ दाङ सिमेन्टमा लगानी गर्ने प्रस्ताव गरेको थियो। 

त्यसलाई सरकारले अहिले वैधानिक बाटो निर्माण गरिदिएको हो।

मन्त्रिपरिषद्ले गत सोमबार गरेको निर्णयअनुसार राजपत्रमा प्रकाशित सूचनामा इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

गत वर्ष चिनियाँ कम्पनी होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत सिमेन्ट उद्योगमा लगानी गर्ने प्रस्ताव गरेको थियो। 

तर औद्योगिक व्यवसाय ऐनमा इन्भेष्टमेन्ट कम्पनीमार्फतको उद्योगलाई वर्गीकरण गरिएको थिएन। सोही कारण कम्पनीको उक्त लगानी स्वीकृत हुनसकेको थिएन। 

इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी हुने उद्योगहरु ऐनमा वर्गीकरणको व्यवस्था नभएकोले उद्योग विभागले यो प्रस्तावलाई औद्योगिक प्रवर्द्धन बोर्ड बैठकमा पुर्याएको थियो। 

बोर्ड बैठकले यस सम्बन्धमा एक समिति नै गठन गरेर नेपालमा इन्भेष्टमेन्ट कम्पनीको मोडालिटी तयार गरेको थियो। यसमा विभिन्न शर्तहरु राखिएको थियो। 

गत फागुनमा बसेको २३४औँ बैठकमा औद्योगिक व्यवसाय ऐनमै प्रावधान राखेर नेपालमा विदेशी लगानी कम्पनी स्थापना गर्न दिन सकिने प्रस्ताव गरेको थियो। 

लगानीको क्षेत्र समेत छुट्याइनुपर्ने मापदण्ड बनाई पेस गरेको थियो। सोही मापदण्ड गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको हो। 

जसमा औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूचीमा उल्लिखित लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तोकिएको छ।

उक्त विषयहरुमा उद्योगका रुपमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेर मात्र उद्योग दर्ता गर्नुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा लगानी गर्ने क्षेत्र तोकिनुपर्ने, त्यो लगानी नेपालमा मात्र हुनुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खोलेकोे विवरण  अनिवार्य संलग्न गराउनुपर्ने उल्लेख छ।

त्यसका साथै इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा उद्योग गर्दा गर्ने निकायले प्रचलित कानुनमा तोकिएका अतिरिक्त शर्त तोक्नुपर्ने उल्लेख छ। 

त्यसमा औद्योगिक व्यवसाय ऐनमा वर्गीकरण भएका उद्योग तथा विदेशी लगानी खुल्ला भएका उद्योगहरुमात्रै दर्ता गर्ने, इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सेयर पुँजीको रुपमा मात्रै लगानी गर्न पाउने व्यवस्था उल्लेख भएको छ। 

मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा नै प्रकाशित भएपछि चिनियाँ कम्पनी होङ्सीले नेपालमा इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने भएको छ। 

त्यसको लागि होङ्सीले उद्योग विभागमा पुनः आवेदन दिनुपर्ने उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल बताए। 

उनले भने, ‘अब कार्यान्वयनको हुन्छ। त्यसका लागि होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फतको लगानीको लागि आवेदन दिनुपर्ने हुन्छ।’ 

होङ्सी मात्रै नभएर चिनियाँ अरु कम्पनीले पनि नेपालमा इन्भेष्टमेन्ट कम्पनीमार्फतको लागि गर्न आवेदन दिइएको उनले जानकारी दिए।

औद्योगिक व्यवसाय ऐन २०७३ मा पनि थियो व्यवस्था
यो इन्भेष्टमेन्ट कम्पनीको अवधारणा पहिले नै भएको व्यवस्था पुरानो ऐन अर्थात् औद्योगिक व्यवसाय ऐन २०७३ मा पनि यो व्यवस्था थियो। 

सो व्यवस्थाअनुसार अक्सिजन उत्पादन कम्पनीमा त इन्भेष्टमेन्ट कम्पनीबाट नै लगानी स्वीकृत समेत भइसकेको महानिर्देशक भुसालले बताए। 

उनका अनुसार औद्योगिक ऐन २०७६ मा भने इन्भेष्टमेन्ट कम्पनीमार्फतको उद्योगहरु वर्गीकरणमा समावेश नभएकोले समस्या भएको थियो। 

यो समस्या समाधानको लागि औद्योगिक प्रवर्द्धन बोर्डमा छलफल भएर र त्यसले गरेको सिफारिसअनुसार अहिले मन्त्रिपरिषदले निर्णय गरेको हो। 

साउन ३२, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .