हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भक्तपुरको ठिमीमा दुईवटा मोटरसाइकलको शोरुम खोलेको छ।
कम्पनीले केटीएम र हस्कभर्ना मोटरसाइकलको १३औँ डिलरशिप शोरुम टाइम्स अटो इन्टरप्राइजेज खोलेको हो।
हंसराज दुवै मोटरसाइकलको आधिकारिक वितरक हो।
यो शोरूमले असंख्य ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुनेछन्।
कम्पनीले सन् २०१२ मा केटीएम खरिद गरी नेपालमा ल्याएको थियो। अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएकोे बाइक ब्राण्डमध्ये एक रहेको कम्पनीले दाबी गरेको छ।
हस्कभर्ना भने स्विडिश ब्राण्ड हो। यो मोटरसाइकल सन् २०२० देखि बजारमा उपलब्ध छ। दुवै मोटरसाइकल सबै केटीएम÷हस्कभर्ना शोरूमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
24
Shares

प्रतिक्रिया