नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटीको बैठकमा नेताहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।
बिहीबार दिउँसो बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा राखिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा दुवै नेता अनुपस्थित भएका हुन् ।
पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन्। भट्टराईले केही समयअघि नै नेता नेपालको साथ छोडिसकेका छन् ।
तर एमालेले २०७७ फागुन २८ गतेको निर्णयानुसार चैत ७ गते गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएपछि भट्टराई र पाण्डेसहितका नेताहरुको पार्टीमा रहने भूमिकाबारे अझै अन्योल छ।
आजको बैठकमा नेपाल पक्षले एमालेकै रुपमा समानान्तर गतिविधिलाई तीव्र बनाउने योजना अघि सार्दैछ। बैठकले तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे कुनै निर्णय लिन सक्ने सम्भावना न्यून छ।
Shares

प्रतिक्रिया