कारोबार


ऊर्जामन्त्रीले फेरि भनिन्– गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क बिजुली दिन्छौँ

ऊर्जामन्त्रीले फेरि भनिन्– गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क बिजुली दिन्छौँ

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०७८ बिहिबार १३:४१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन्। 

यसअघि पनि उनले गरिबहरूलाई निःशुल्क विद्युत् दिनुपर्ने बताएकी थिइन्। त्यसका लागि आवश्यक कानुन तथा नीतिगत प्रक्रिया मिलाउनुपर्ने उनको भनाइ थियो। 

बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन्। 

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन्। 

उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई केही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ।’ 

घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यले त्यसको तयारी गरेको मन्त्री भुसालको भनाइ छ। 

ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाइ पु¥याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन्। 

सिँचाइको निःशुल्क सेवा दिनसके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन्। 

सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन्। 

‘सबै कृषियोग्य जमिनमा सिँचाई पु¥याउने। सिँचाइलाई पनि हामीले आधारभूत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो’, उनले भनिन्। 

उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad