ad ad

कारोबार


निर्माण सामग्री डिपोका २३ जना सञ्चालक पक्राउ

निर्माण सामग्री डिपोका २३ जना सञ्चालक पक्राउ

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ११:२६,

निर्माण सामग्री बिक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंमा २३ वटा डिपोका सञ्चालकहरु पक्राउ परेका छन्। 

महानगरीय अपराध महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी स्वयम्भू, बालाजु र महाराजगञ्जबाट ईंटा, गिटी, बालुवालगायतका निर्माण सामग्री ठगीको आरोपमा २३ वटा डिपोका सञ्चालकहरु पक्राउ गरिएको जानकारी गराएको हो। उपभोक्ता हित संरक्षण मंचलगायतले उजुरी जारी गरेपछि छापा मार्दा २३ वटा डिपोका सञ्चालकहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान सुरु गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनीहरुको साथबाट प्रहरीले ३५ वटा ट्रक पनि नियन्त्रणमा लिएको छ।

महाशाखाका अनुसार उनीहरुले ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको बिक्रीमा ठगी गर्ने गरेको पाइएको छ। वरिष्ठ प्रहरी उपरीक्षक थापाले काठमाडौंमा निर्माण सामग्रीको ठगीमा परेका उपभोक्तालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दै सम्बन्धित डिपोबाट क्षतिपूर्ति दिने व्यवस्था मिलाउने पनि बताए।

यसरी ठगी गरी पक्राउ पर्नेमा ‘बाघे’ भनिने जेबिएस सप्लायर्सका सुकबहादुर लामा पनि रहेका छन्। उनले स्वयम्भूमा सञ्चालन गरिरहेको डिपोबाट बालुवा विक्री गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .