कारोबार


मोदी र कुलमानले हात मिलाएपछि दुहबी-कटहरी प्रसारणलाइनको अवरोध हट्यो

मोदी र कुलमानले हात मिलाएपछि दुहबी-कटहरी प्रसारणलाइनको अवरोध हट्यो

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ११:४३,

दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारणलाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ। मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो।

अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका थिए।

छलफलमा प्रसारणलाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए। ‘यो प्रसारणलाइन बन्न नसक्दा मोरङका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र परपर्दो विद्युत पाउन सकिरहेका छैनन्, त्यसैले विधिसम्मत रुपमा समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौं’, उनले भने । ‘तारलाई भूमिगत गर्ने या अन्य विकल्प के–के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौं, यसका लागि सम्पूर्ण उपायहरु अपनाइनेछ।’

मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्वर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका थिए। शुक्रबार भएको छलफलमा संसद मोदीले यो प्रसारणलाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे।

‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्नेसम्मका गलत आरोप ममाथि लगाइयो, तर मैलै कोहीसँग पैसा मागेको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झूटो आरोप लगाइयो’, उनले भने, ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल सुरु गरौं यसमा मेरो पूर्ण सहयोग रहनेछ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए। प्राधिकरणले कहिले पनि प्रसारणलाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे। ग्रामथाम गाउँपालिका अध्यक्षले प्रसारणलाइन निर्माणमा अवरोध नहुने बताए।

प्रसारणलाइनको ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ। सबस्टेसन निर्माण भइसकेको छ। तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्जालमा ल्याइनेछ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारणलाइनबाट विद्युत् आपूर्ति भइरहेको छ। टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन।
दुहबी–कटहरीको ३३ केभी प्रसारणलाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .