ad ad

कारोबार


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने

नेपालखबर
साउन १०, २०७८ आइतबार १९:३,

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ (मोबैंक) एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ। 

आफ्ना ग्राहकलाई लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले सो सेवा ल्याएको बैंकले जनाएको छ। 

बैंकमार्फत डिम्याट खाता खोलेका एवं बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले सो नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन्। 

कोभिड–१९महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट  आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको जनाएको छ।

बैंकको ‘एनआईसी एशिया मोबैंक’ प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘एप्लाइ सेयर’ आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन्। ‘एप्लाइ सेयर’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ। त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर ‘सबमिट’ गरेपश्चात आवेदन पूरा हुनेछ।

ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले ‘एनआईसी एशिया मोबैंक’ डाउनलोड गरी तथा बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा बैंकमा बचत खाता खोलेर ‘एनआईसी एशिया मोबैंक’ डाउनलोड तथा बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सकिने बैंकले जनाएको छ।

साथै, बैंकले आफ्नो वेबसाइट http://www.nicasiabank.com मा रहेको ‘एप्लाइ नाउ’ आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .