ad ad

कारोबार


डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार

डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार

नेपालखबर
साउन ५, २०७८ मंगलबार १४:१३,

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल धरान पुगेको छ।

फाइबरनेट छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। 

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिशहोम फाइबरनेट देशबासीहरू माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० ‘एमवीपीएस’ देखि देखि १०० ‘एमबीपीएस’ सम्म उपलब्ध छन्।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .