ad ad

कारोबार


आजदेखि दराजको महाबचत बजार सुरु

आजदेखि दराजको महाबचत बजार सुरु

नेपालखबर
साउन ३, २०७८ आइतबार १४:५४,

अनलाइन बजार दराजले साउन ३ गतेदेखि दराज महाबचत बजार सुरु गरेको छ। ग्राहकका लागि बचत प्रवर्द्धन गर्न दराजले याे अभियान घाेषणा गरेकाे जनाएकाे छ।  

अभियान अन्तर्गत ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजारसम्मको छुट, १ रुपैयाँमा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, नि:शुल्क डेलिभरी, नि:शुल्क भाैचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस अभियानको लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकले प्रि–पेमेन्टमा आकर्षक छुट पाउन सक्नेछन्।

यी बैंकका डेबिट कार्डधारकहरूले १५ प्रतिशत (१ हजार ५०० सम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्डधारकहरूले कार्ड प्रि–पेमेन्टमा २०५ ९ प्रतिशत (२ हजारसम्म) छुट पाउनेछन्। यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

यसैगरी, ग्राहकहरु आफ्नो आईएमई पे खाता मार्फत प्रि–पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्ने बताइएको छ।

आईएमई पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदमा २० प्रतिशत (रु १ हजार सम्म) छुट पाउन सक्नेछन्। यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। भिसा डेबिट कार्ड मार्फत प्रि–पेमेन्टी गरेमा १५ प्रतिशत (रु ५ सयसम्म) छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्वभुक्तानीमा २० प्रतिशत (रु ५सय) छुट पाउन सक्नेछन्। 

दराज महाबचत बजारमा प्रदर्सित ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले रु १ लाख ३३ हजार मूल्यको आई फोन १२ र रु ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्ध  रहेको कम्पनीको भनाई छ। 

कम्पनीका अनुसार खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन्। यदी जितेनन् भने रकम फिर्ता हुनेछ।  

दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ। शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले  आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।  

‘७० हजार भन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो। यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व -भुक्तान र आईएमई पे मार्फत अझ बढी बचत गर्न सक्नेछन्। ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मध्ये छनौट गर्न सक्दछन् भने हाम्रो १० हजार भन्दा बढी विक्रेता र दराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन्। यसै गरि हामी छूट, एफबी लाइभ भिडिओ, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं’  दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .