ad ad

कारोबार


सीताराम दूध २५ वर्षमा, बजारमा ल्यायो यी उत्पादन

सीताराम दूध २५ वर्षमा, बजारमा ल्यायो यी उत्पादन

नेपालखबर
असार ३१, २०७८ बिहिबार २३:४३,

सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।

सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा  छ । 

सीताराम दूध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सीताराम गोकुल मिल्क्सले आम नेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दूध, सीतारम घिउ, पनीर बटर तथा चिनीसहित र चिनीरहितको दही, सीताराम फ्रेस मिल्क तथा लस्सी बजारमा बिक्रीवितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्धनिर्देशक सुमित केडियाले बताए ।

सीतारामका उत्पादनहरु सजिलै विभिन्न डिपार्टमेन्टल स्टोर भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरुमा पाउने उनले बताए । सीताराम गोकुल मिल्क्सको बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेस मिल्क तथा लस्सी रहेका छन् । दही आधा तथा एक लिटर चिनीरहित र चिनीसहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेको छ भने पनीर २०० ग्रामदेखि १ किलोसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध छ ।

यसको साथसाथै सीताराम घियु १ तथा आभा लिटरमा एवं सीताराम फ्रेस मिल्क २०० मिलिलिटरको बोतलमा बजारमा बिक्री भइरहेको उनले बताए । 

सीताराम गोकुल मिल्क्स प्रालिले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .