ad ad

कारोबार


ओपोले छान्याे एमेजन वेब सर्भिस

ओपोले छान्याे एमेजन वेब सर्भिस

नेपालखबर
असार २९, २०७८ मंगलबार १९:३०,

ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर इन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) को छनोट गरेको छ।

यी सेवाहरूलाई इप्राइभेसी, सीएसए स्टार र आईएसओ (आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको ओपोले जनाएको छ।

कम्पनीका अनुसार एडब्ल्यूएसमार्फत ओपोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्बिर, भिडिओ, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डाटाहरू क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउँछ।

यो फंक्सनालिटी सपोर्ट गर्न ओपोले सिंगापूर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरु तैनाथीलाई गति प्रदान गर्नेछ।

ओपोको अनुपालन र सुरक्षा मुद्रामा थप सटिकता प्रदान गर्न कम्पनीले एडब्ल्यूएस क्लाउडट्रायल, एडब्ल्यूएस कि म्यानेजमेन्ट सर्भिस,  एडब्ल्यूएस नेटवर्क फायरवाल। एडब्ल्यूएस सर्टिफिकेट म्यानेजर र एडब्ल्यूएस आर्टिफ्याक्ट्स लगायत एडब्ल्यूएस सेक्योरिटी सर्भिसेज् उपलब्ध गराउने जानकारी दिइएको छ।

ओपो इन्टरनेसनल इन्टरनेट बिजनेसका प्रबन्धनिर्देशक डेभिड कुले प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नतिर ओपोले सदैव आफ्नो ध्यान केन्द्रित गरेको बताए।

एडब्ल्यूएस ग्रेटर चाइनाका महा प्रबन्धक लि सियाओम्यांगले ​ विश्वमै व्यापकरुपमा अपनाइएको क्लाउड प्ल्याटफर्म, एडब्ल्यूएसले कुनै पनि किसिमको क्लाउड वर्कलोडलाई भर्चुअल सपोर्ट गर्न आफ्नो सेवा तथा सुविधा विस्तारित गरिरहेको बताए। उनले ओपोजस्ता कम्पनीलाई गहिरो रुपमा आफ्ना व्यापक सेवा सुविधा, उद्योगकै अग्रणी सेक्योरिटी एण्ड कम्प्लायन्स क्षमता उपलब्ध गराउँदै तिनको व्यवसाय तथा विश्वभर रहेका उपभोक्ता माझ पुर्याउन पाउँदा खुसी लागेकाे उनकाे भनाइ थियाे। 

एण्ड्रोइड ११मा आधारित विद्यमान कलरओएस ११ले ओपोको प्राइभेट सिष्टम, प्राइभेट सेफ र पर्सनल इन्फरमेसन प्रोटेक्सनलगायत फिचरमार्फत प्रयोगकर्ताको सुरक्षा सुनिश्चितता प्रदान गर्छ। प्राइभेट सिष्टमले प्रयोगकर्तालाई एप तथा डाटा स्वतन्त्ररुपमा चल्नका लागि छुट्टै सिष्टम एकाउन्ट बनाएर सुरक्षा प्रदान गर्छ।

प्राइभेट सेफ मार्फत प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण डाटा पासवर्ड मार्फत एन्क्रिप्टेड स्पेसमा गोप्य राख्न सघाउँछ। यसले मिडियाका लागि एक्सेस माग्ने एप्सलाई ब्ल्यांक डाटा प्रेशित गरी आफ्ना ब्यक्तिगत सूचना नदिकनै एक्सेस पाउने सहुलियत उपलब्ध गराउँछ।

‘हाम्रा विश्वभरका प्रयोगकर्तालाई एडब्ल्यूएस मार्फत सुदृढ मोबाइल अनुभव प्रदान गर्न पाउँदा हामी प्रफुल्लित छौँ’, डेभिडले थपे, ‘भविष्यमा पनि ओपोले एडब्ल्यूएसका साथमा आफ्नो सेवामा थप बढोत्तरीका लागि तथा प्रयोगकर्तालाई सुरक्षा चासो रहित प्रविधिको अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .