ad ad

कारोबार


एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहरायो

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहरायो

नेपालखबर
असार २५, २०७८ शुक्रबार १५:१७,

एभरेस्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराउन सफल भएको बैंकले जनाएको छ।

बैंकले यही जेठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो।  

आज बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन्।

सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज  पौडेल, आशुतोष शर्मा  तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा ग्रिसमकालमा ‘एमटी के२’ को सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरिएको छ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .