Draft


हङकङ आन्दोलनमा पहिलो पटक नेपाली युवती पक्राउ

हङकङ आन्दोलनमा पहिलो पटक नेपाली युवती पक्राउ

नेपालखबर
असोज १५, २०७६ बुधबार १०:३९,

हङकङमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा पहिलो पटक नेपाली मूलकी युवती पक्राउ परेकी छन्।

चीनको ७०औं राष्ट्रिय दिवसको दिन मंगलबार हङकङमा आन्दोलनकारी झन् कडा रुपमा सडकमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीचको झडपले हिंसात्मक रुप लिएको थियो भने प्रहरीको गोली लागेर १८ वर्षीय एक जना युवा गम्भिर घाइते भएका थिए। अन्य डेढ दर्जन प्रदर्शनकारी पनि घाइते भएका छन्।

मंगलबार मात्रै ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ, जसमा नेपाली मूलकी जेनी राई सहित अर्की एक जना अल्पसंख्यक समुदायकी युवती पनि रहेको बताइएको छ।

पहिले नाङ पो लिङ पीएलके सेकेण्डरी स्कुलकी विद्यार्थी जेनी राई अहिले हङकङको अर्को कुनै कलेजमा अध्ययनरत छन्। उनी हङकङका अल्पसंख्यक समुदायका लागि काम गर्ने मानवअधिकार संस्था युनिसनमा सक्रिय रहेको बताइएको छ।

हङकङ विश्वविद्यालयमा अध्ययनरत पाकिस्तानी मूलकी युवती मारियम फातिमा पनि पक्राउ परेकी छन्।

सुपुर्दगी विधेयकको विरोधको क्रममा सुरु भएको हङकङको आन्दोलन करिब चार महिनापछि पनि साम्य भएको छैन। सरकारले विधेयक फिर्ता लिइसकेको छ भने आन्दोलनले गर्दा व्यवसाय र पर्यटन ध्वस्त हुँदा बेरोजगारी बढ्न थालेको भन्दै चिन्ता बढिरहेको छ।

जेनी राई संभवतः आन्दोलनका क्रममा पक्राउ पर्ने पहिलो नेपाली मूलकी युवती हुन्। यसअघि नेपाली पक्राउ परेको आधिकारिक रेकर्ड छैन।

मुख्यतः स्कुल र कलेजका युवा सहभागी भएको अहिलेको आन्दोलनमा नेपाली लगायत अल्पसंख्यक समुदाय खासै गएका देखिँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad