ad ad

Draft


सीलाई स्वागत गर्ने नेपालको चाहना चाँडै पूरा हुनेछः वाङ

सीलाई स्वागत गर्ने नेपालको चाहना चाँडै पूरा हुनेछः वाङ

नेपालखबर
भदौ २३, २०७६ सोमबार १७:४३,

नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले उच्च चिनियाँ नेतालाई स्वागत गर्ने नेपालको चाहना चाँडै पूरा हुने बताएका छन्।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि आएका वाङले सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग दुइ पक्षीय वार्ता गरेका थिए भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।

प्रधानमन्त्री ओलीसँगको भेटमा वाङले बेइजिङले पनि नेपालमा उच्च स्तरीय भ्रमणको तयारी गरिहेको जनाएका हुन्।

औपचारिक रुपमा भने वाङले ‘उपयुक्त समयमा नेपालमा राष्ट्रपतिको भ्रमण हुने’ बताएका छन्।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीसँग वाङको भनाइ उद्धृत गर्दै भने, ‘त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ।’

प्रधानमन्त्री ओली र मन्त्री वाङबीच करिब डेढ घण्टा छलफल भएको थियो।

त्यसलगत्तै डा.राजन भट्टराईले वाङसँग प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘विगतका सहमती अनुसार अघि बढ्न हामी तयार नै छौं, तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ।’

'‘विदेशमन्त्री वाङले उच्चस्तरीय भ्रमणको तयारी भइरहेकाले यो अपेक्षा चाँडै पूरा हुने बताएका छन्’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले थपे।

राष्ट्रपति भण्डारीसँगको भेटमा पनि वाङले उच्च भ्रमणबारे छलफल गरेका थिए। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शीर्ष चिनियाँ नेतृत्वको चाँडै नेपाल हुने संकेत मिलेको बताए।

वाङको भ्रमणलाई धेरैले चिनियाँ राष्ट्रपति अर्को महिना हुने संभावित भ्रमणको तयारीको रुपमा हेरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .