ad ad

Draft


सर्वोच्चको फैसला ‘बेठिक समयको न्याय’ देव गुरुङ

सर्वोच्चको फैसला ‘बेठिक समयको न्याय’ देव गुरुङ

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:४,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाइमको न्याय’को संज्ञा दिएका छन्।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङ्गले ‘बेठिक टाइम’मा न्याय दिने काम भएको बताए। उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए।

उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे। उनले पार्टी एकीकरण पछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवएव मेटिन नसक्ने उल्लेख गरे।

उनले भने, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपा को निर्वाचन आयोगमा भइरहेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ। अहिले चाहीँ उपयुक्त समय हो भन्ने देखिँदैन। न्याय इनटाइममा दिनुपर्थ्याे। बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो। यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला। यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ। यथास्थितिमा सायद जाँदैन। नामको बारेमा मात्रै गरेको हो। ३ वर्षमा धेरै काम भएको छ।’

उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .