नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा दुव्र्यवहार गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेका छन्।
आज शनिजबार राप्ती नगरमा भएको एक बैठकमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य पाण्डेले मन्तब्य राख्ने क्रममा नेकपाकै कार्यकर्ताको एक समुहले उनीविरुद्ध नाराबाजी गरेर सो कार्यक्रम विथोलेको थियो।
पूर्वप्रधानमन्त्री नेपालले पाण्डे बोलिरहेका बेला अनधिकृत रूपमा प्रवेश गरेका ती ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहारको बताएका छन्।
‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउँने उक्त कार्य गर्ने र गराउने जोसुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु,’ नेता नेपालले भनेका छन्।

प्रतिक्रिया