इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि दिल्लीले जितका लागि मुम्बईलाई १५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेट कुमाउँदै १५६ रन बनाएको हो। दिल्लीका लागि कप्तान श्रेयस ऐयरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाए। शिखर धवनले १५ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
खराव सुरुवात गरेको दिल्लीलाई कप्तान ऐयर र पन्तले सम्हाल्दै सम्मानजनक योगफलतर्फ लगेका हुन्। मुम्बईका लागि टे«न्ट बोल्डले ३, नथान कुल्टर नाइटले २ र जयन्त यादवले एक विकेट लिए।
मुम्बईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ। जारी आईपीएलमा मुम्बईसँगै दिल्ली तीन खेलमा हारेको थियो। आजको खेल जित्न सके दिल्लीले पहिलो पटक उपाधि जित्ने छ।
यसअघि समूह चरणका दुवै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो भने क्वालिफायरमा पनि मुम्बई नै तगारो बनेको थियो। तर हैदरावादलाई हराउँदै दिल्लीले पुनः मुम्बईसँगको भेट पक्का गरेको हो। दिल्ली आईपीएलको फाइनलमा पहिलो पटक पुगेको हो।
नेपाली लेग स्पिनर सन्दीप लामिकाने सम्मिलित दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा मौका दिएन। फाइनल प्रवेशका लागि भएको खेलमा दिल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो।
समूहचरणको दोश्रो खेलमा पनि दिल्लीले दिएको लक्ष्य मुम्बईले ३४ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो। पहिलो खेल मुम्बईले २ बल बाँकी छँदा ५ विकेटले जितेको थियो।
मुम्बईविरुद्ध दिल्लीले सर्वाधिक १६२ रन मात्रै बनाउन सकेको छ। बाँकी दुई खेलमा ११० र १४३ रन बटुलेको थियो।

प्रतिक्रिया