इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि भइरहेको खेलमा दिल्ली क्यापिटल्सले जितका लागि मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले विकेट गुमाउँदै १५६ रन बनाएको हो।
दिल्लीका लागि कप्तान श्रेयस ऐयरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाए। शिखर धवनले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
खराब सुरुवात गरेको दिल्लीलाई कप्तान ऐयर र पन्तले सम्हाल्दै सम्मानजनक योगफलतर्फ लगेका हुन्। मुम्बईका लागि टे«न्ट बोल्डले ३, नथान कुल्टर नाइटले २ र जयन्त यादवले एक विकेट लिए।
मुम्बईले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ। जारी आईपीएलमा मुम्बईसँगै दिल्ली तीन खेलमा हारेको थियो। आजको खेल जित्नसके दिल्लीले पहिलोपटक उपाधि जित्नेछ।
यसअघि समूह चरणका दुवै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो भने क्वालिफायरमा पनि मुम्बई नै तगारो बनेको थियो। तर हैदरावादलाई हराउँदै दिल्लीले पुनः मुम्बईसँगको भेट पक्का गरेको हो। दिल्ली आईपीएलको फाइनलमा पहिलो पटक पुगेको हो।
नेपाली लेग स्पिनर सन्दीप लामिकाने सम्मिलित दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा मौका दिएन। फाइनल प्रवेशका लागि भएको खेलमा दिशल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो।
समूहचरणको दोश्रो खेलमा पनि दिल्लीले दिएको लक्ष्य मुम्बईले ३४ बल बाँकी छँदै मात्र एक वीकेटको क्षतिमा पूरा गरेको थियो। पहिलो खेल मुम्बईले २ बल बाँकी छँदा ५ विकेटले जितेको थियो।
मुम्बईविरुद्ध दिल्लीले सर्वाधिक १६२ रन मात्रै बनाउन सकेको छ। बाँकी दुई खेलमा ११० र १४३ रन बटुलेको थियो।
Shares

प्रतिक्रिया