Draft


पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ

पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १४:५९,

मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्।

मकाउ प्रहरीका अनुसार पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन्। उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका प्रहरीले जनाएको हो।

मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताए।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले करिब तीन साताअघि मोबाइलबाट पोर्न भिडियो सेयर भइरहेको जनाउ दिँदै अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेको बताइएको छ।

स्थानीय टेलिभिजन डी मकाउका अनुसार मे र जुलाई महिनाको बिचमा सेयर गरिएको उक्त भिडियो एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ, जुन कार्य अपराध मानिन्छ।

‘प्रहरीका अनुसार पोर्न भिडियो आफुले हेरेर मोबाइलबाट अरुलाई पनि सेयर गरेका रहेछन्, अहिले उनीहरूलाई थुनामै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ’, गुरुङले भने।

पक्राउ परेका ११ जना नेपाली यहाँका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको र उनीहरू २१ देखि ३६ वर्ष उमेरका रहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .