गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उज्वेकिस्तानमा दुई जना नेपाली विद्यार्थीहरूले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्।
एनआरएनए र एसिया इन्टरनेवनल युनिभर्सिटी (एआईयू), उज्वेकिस्तानको संयुक्त सहकार्यमा दुई विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिको प्रक्रिया सुरु भएकाे गैर आवासीय नेपाली संघले जनाएको छ।
विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको हो। आवेदनको अन्तिम मिति २३ डिसेम्बर २०२५ सम्म रहनेछ।
परीक्षा चिकित्सा शिक्षा आयोग आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा सञ्चालन गरिनेछ।
छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ। छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइ) विश्वविद्यालयले बेहोर्नेछ।
यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने गैरआवासीय नेपाली संघको अपेक्षा छ।

प्रतिक्रिया