प्रवास


यूएईमा घाइते भएका नेपाली खतरामुक्त

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

नेपालखबर
चैत २४, २०८२ मंगलबार २०:४१, काठमाडौँ

युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली नागरिक खतरामुक्त रहेका नेपाली महावाणिज्यदूतावास, दुबईले जनाएको छ।

यही अप्रिल ५, २०२६ आइतबार साँझ युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका ती नेपाली नागरिकको खतरामुक्त अवस्थामा उपचार भइरहेको महावाणिज्यदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपाली महावाणिज्य दूतावास दुबईका अनुसार अस्पतालमा गई उनलाई भेटिएको, स्वास्थ्य स्थितिको जानकारी लिइएको र नेपालमा सम्बन्धित परिवारसँग सम्पर्क गरी अवस्थाको जानकारी गराइएको छ।

हाल मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा युएईमा रहेका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा सम्बन्धी सूचना तथा मार्गदर्शनहरुको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा भर पर्न र त्यसैअनुसार सचेत रहन समेत नेपाली महावाणिज्यदूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad