प्रवास


जर्मनीमा ‘बर्लिन पर्यटन मेला’ सुरु, नेपाली पेभिलियनको कार्यवाहक राजदूत फुयालद्वारा उद्‍घाटन

जर्मनीमा ‘बर्लिन पर्यटन मेला’ सुरु, नेपाली पेभिलियनको कार्यवाहक राजदूत फुयालद्वारा उद्‍घाटन

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १८:१८, मध्य युरोप

जर्मनीको बर्लिनमा आजदेखि विश्व प्रसिद्ध ‘बर्लिन पर्यटन मेला’ (आईटीबी बर्लिन २०२६) सुरु भएको छ।

जर्मनीको राजधानी बर्लिनस्थित प्रदर्शनीस्थलमा नेपाली राजदूतावास बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले एक समारोहका बीच नेपाली पेभिलियनको उद्‌घाटन गरेका छन्।

उद्‌घाटन समारोहमा नेपाल पर्यटन बोर्डका पदाधिकारी, नेपाली पर्यटन व्यावसायी तथा आगन्तुकहरूको सहभागिता रहेको थियो। विगत ४० वर्षदेखि नेपालका पर्यटन व्यावसायीहरूको सहभागिता हुँदै आएको यस मेलामा नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनापश्चात् नेपाली राजदूतावास बर्लिनसँगको समन्वयमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ। 

विश्वभरका १७० देशका होटल, टुरिजम बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी रहेको पर्यटन मेलामा नेपालबाट नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा ३१ जना पर्यटन व्यावसायीको सहभागिता रहेको छ।

पर्यटनको विश्व बजारमा देखिएका अवसर तथा चुनौती, नवीनतम प्रविधि, ज्ञान तथा सिप र प्रवृत्तिका बारेमा जानकारी लिन तथा नेपालको पर्यटन व्यावसायलाई विश्व बजारमा प्रवर्द्धन गर्न यस प्रकारको विश्वस्तरीय मेलामा हुने सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेपालले विश्वभरका पर्यटन व्यवसायीको ठूलो जमघट हुने पर्यटन व्यापार मेला, ‘आईटीबी’, ‘डब्लूटीएम’ जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको छ। ‘बर्लिन पर्यटन मेला’ ५ मार्च २०२६ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad