प्रवास


सिजन मिडियाद्वारा अस्ट्रेलियामा सफल नेपालीलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान

सिजन मिडियाद्वारा अस्ट्रेलियामा सफल नेपालीलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान

नेपालखबर
भदौ २९, २०८२ आइतबार २२:१७, काठमाडौँ

सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरेको छ।

लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गरेका व्यावसायिक व्यक्तित्वलाई सम्मान गरिएको संस्थाले जनाएको छ।

अस्ट्रेलियाको भिक्टोरियामा नेपालका मानार्थ वाणिज्यदूत निराजन गौलीको आतिथ्यतामा भएको कार्यक्रमा उनलृ अवार्ड प्राप्त गर्नेहरूलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गरिएको बताए।

यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन,’ उनले भने, ‘यो कार्यक्रम परिश्रमको उत्सव हो। यसले युवा पुस्तालाई प्रेरित गर्दछ।’ 

अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन गरेको सो कार्यक्रममा कानुन, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताए । 

कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका सफल व्यवसायीहरू नेपाली मूलका विशिष्ट वकिल टोनु घोठानेलाई उत्कृष्ट कानुनी तथा वकालत अवार्ड प्रदान गरियो। योगेन्द्र राज जोशी, गोर्खा समाज अस्ट्रेलियाका अध्यक्षलाई उत्कृष्ट रियल इस्टेट तथा सामुदायिक नेतृत्व अवार्ड , त्यसैगरी परसुराम शर्मा लुइटेललाई शरणार्थी वकालत र बहुसांस्कृतिक नेतृत्वमा अवार्ड, युथ बिजनेस अवार्ड युवा व्यवसायी रन्जित राज वन्तलाई प्रदान गरिएको थियो। 

त्यसैगरी निराजन शिवाकोटी, आरएमआईटी सिटी क्याम्पसका प्राध्यापकलाई शैक्षिक योगदानका लागि अनुसन्धान तथा नवप्रवर्तन उत्कृष्टता अवार्ड प्रदान गरिएको थियो।

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि ईश्वर दाहाललाई शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो भने सैवाल न्यौपाने उद्यमशीलतामा योगदानका लागि युवा वकालत तथा उदाउँदो उद्यमी अवार्डबाट सम्मानित भए।

ऐश्वर्या कंसकारलाई प्रविधि र शिक्षामार्फत युवालाई सशक्त बनाएको योगदानका लागि युवा प्रविधि तथा शिक्षा सशक्तिकरण अवार्ड प्रदान गरियो।

डा. जमुना पराजुलीलाई महिला नेतृत्व तथा सशक्तिकरण वकालत अवार्ड दिइयो। मिडिया क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेकोमा चिरञ्जीबी राज देवकोटा लाई प्रवासी मिडिया नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो।रन्जीत शाह लाई भिक्टोरियाको वित्तीय सेवामा उल्लेखनीय योगदानका लागि वित्तीय सेवामा उत्कृष्ट योगदान अवार्ड प्रदान गरियो।

त्यस्तै, स्वास्थ्य शिक्षामा योगदानका लागि  बसन्त बगाले लाई स्वास्थ्य शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान अवार्ड दिइयो। शेष घले, मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजीका संस्थापकलाई  लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।

शिक्षा क्षेत्रमा नेतृत्व देखाएकोमा रामचन्द्र पौडेललाई  अन्तर्राष्ट्रिय शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड दिइयो भने युवा शिक्षा तथा आप्रवासन सेवामा योगदानका लागि सागर शाही लाई युवा शिक्षा तथा आप्रवासन सेवा अवार्ड प्रदान गरियो।

पर्यावरणीय दिगोपन र व्यवसायिक क्षमतामा रविन्द्र राज रेग्मी अवार्ड प्रदान गरियो। त्यसैगरी नेपाली संस्कृति र समुदायलाई प्रवर्द्धन गरेकोमा डीबी थापालाई समुदाय नेतृत्व तथा सांस्कृतिक प्रवर्द्धन अवार्डबाट सम्मानित गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad