प्रवास


९९ सय वर्षीय वीरबहादुरले लिए एनआरएनए युकेको सदस्यता

९९ सय वर्षीय वीरबहादुरले लिए एनआरएनए युकेको सदस्यता

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:२६, लन्डन

१०० वर्ष पुग्न लागेका वीरबहादुर महर्जनले गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यता लिएका छन्।

स्कटल्यान्डमा बसोबास गर्ने महर्जन आगामी अगस्टमा १०० वर्ष पुग्दैछन्। सदस्यता लिएसँगै उनी संघकै सबैभन्दा जेष्ठ सदस्य बनेका छन्।

नेपालमा कीर्तिपुरका महर्जन २५ वर्षअघि युके आएका हुन्।

एनआरएनए युकेका उपाध्यक्ष मनिष खत्रीले संघको इतिहासमा पहिलो पटक १०० वर्षका व्यक्तिले सदस्यता लिएको बताए।

खत्री भन्छन्, ‘महर्जनको सक्रियता र समर्पणले सम्पूर्ण प्रवासी नेपाली समाजलाई प्रेरणा दिएको छ।’ 

संघको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाईमा निर्वाचन प्रक्रिया सञ्चालन हुने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad