प्रवास


रोमानियामा राहदानी घुम्ती शिविर : १४ सयले लिए सेवा

रोमानियामा राहदानी घुम्ती शिविर : १४ सयले लिए सेवा

सेवाग्राहीको सहजताका लागि शिविर रातिसम्मै सञ्चालन भइरहेको छ


शेरबहादुर परियार
चैत १७, २०८१ आइतबार १०:५९, रोमानिया

रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि २६ मार्चदेखि भइरहेको घुम्ती शिविरमा हालसम्म १ हजार ४ सयले सेवा लिएका छन्।

जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिननका नियोग उपप्रमुख सागरप्रसाद फुयालले शिविरको आज चौथो दिनसम्म १ हजार ४ सय नेपालीले सेवा लिएको बताए।

६ दिनसम्म चल्ने यो शिविरमा राहदानी नवीकरण गर्ने नेपालीको संख्या १ हजार ७ सम्म हुन सक्ने उनले बताए।

राहदानी विभाग, काठमाडौँको समन्वयमा जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले सञ्चालन गरेको घुम्ती शिविर ३१ मार्चसम्म चल्नेछ।

राजदूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमा राहदानी विभाग, काठमाडौँ तथा दूतावासका कर्मचारीले राहदानी नवीकरण तथा कन्सुलर सेवा प्रदान गरिरहेका छन्।

शिविरमा आएका कर्मचारीले रातको ११ बजेसम्म सेवाग्राहीलाई सेवा दिइरहेका छन्।

रोमानियामा शिविर सकेर सोही टोलीले अप्रिल २ देखि ४ सम्म पोल्यान्डको राजधानी वारसामा शिविर सञ्चालन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad