खेल


विश्वकप लिग-२ को प्रशिक्षणका लागि ४८ सदस्यीय टोली

विश्वकप लिग-२ को प्रशिक्षणका लागि ४८ सदस्यीय टोली

नेपालखबर
चैत १७, २०८१ आइतबार ११:११, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ प्रतियोगिताको आगामी खेलको प्रशिक्षणका लागि ४८ सदस्यीय टोली घोषणा गरेको छ।

तयारी क्याम्पका लागि घोषित टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अनिल साह, सन्दीप जोरा र आरिफ शेख रहेका छन्।

यस्तै भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाड, रिजन ढकाल, देव खनाल, बसिर अहमद र प्रतीश जीसीले पनि टोलीमा अटाएका छन्।

टोलीमा अविनाश बोहरा, मयान यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्ज्वल थापा र तृतराज दासले पनि स्थान पाएका छन्।

क्यानले घोषणा गरेको टोलीमा दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, सकिब हक, विनोद भण्डारी, पवन सर्राफ, रासिद खान र अर्जुन साउद समेटिएका छन्।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै क्यानले विश्वकप लिग-२ को तयारीका लागि खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो।

आठ राष्ट्र सम्मिलित लिग-२ तालिकामा १२ खेलबाट ६ अंक जोड्दै नेपाल सातौँ स्थानमा छ। १६ खेलबाट अमेरिकाले २२ अंक बनाएर शीर्ष स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानको नेदरल्यान्डसले १६ खेलबाट २० अंक बनाएको छ।

यसैगरी, १६ खेलबाट क्यानडाले २० र ओमानले १८ अंक बनाएको छ।

नामिबियाले २० खेलबाट १४ अंक हात पारेको छ। स्कटल्यान्डले ११ खेलबाट १४ अंक जोडेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले ११ खेलबाट चार अंक बटुलेको छ।

तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सिधै आगामी आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्नेछन्।

आगामी एक दिवसीय विश्वकप सन् २०२७ मा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad