गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन शेष घले नेतृत्वको उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य छन्।
‘लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो,’ उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भनेका छन्, ‘संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यलाई सार्वभौम अधिकारसम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउने हेतु यो निर्वाचन समिति गठन गरिएको हो।’
उच्चस्तरीय समितिले मार्च ३१ भित्र एनआरएनएएचएलसीको सदस्यता दर्तामा गई नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह पनि गरेको छ।
समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी प्रतिनिधि बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले यही फागुन ११ गते गैरआवासीय नेपाली संघको सचिवालय पूर्वअध्यक्ष शेष घले नेतृत्वको समितिलाई हस्तान्तरण गर्न निर्देशन दिएको थियो।
फैसला कार्यान्वयन निर्देशनालयको पत्र- एनआरएनए कार्यालय शेष घले समितिलाई हस्तान्तरण गर्नू
यसैगरी, डा शेष घले २७ मार्चमा कतारमा रहेको गैरआवासीय नेपालीलाई सम्बोधन गर्न आउने भएका छन्।
Shares

प्रतिक्रिया