ad ad

प्रवास


कतार जानेहरुका लागि यस्ता छन् नयाँ नियम

कतार जानेहरुका लागि यस्ता छन् नयाँ नियम

नेपालखबर
साउन १०, २०७८ आइतबार १३:१०,

कतार सरकारले त्यहाँ आउने विदेशी नागरिकका लागि नयाँ नियम लागु गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली समेतका लागि कतारले कोरोनाबाट जोगिन नयाँ मापदण्ड लागु गरेको छ। दोहास्थित नेपाली दूतावासका अनुसार नेपालीका लागि नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। 

त्यसैगरी यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि त्यहाँको एक वेबसाइटमा अनलाइन माध्यमबाट प्री-रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गर्नुपर्नेछ। त्यसपछि पाइने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने भएको छ। 

दूतावासका अनुसार कतारमा दुवै मात्रा कोरोना खोप लगाएर प्रमाण पत्र लिएका यात्रुहरुले खोप लगाएको १२ महिनाभित्र फेरि कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ। दूतावासका अनुसार कतारले फाइजर, बायोनटेक, मोडर्ना, एस्ट्राजेनेका र जेन्सन खोपलाई मान्यता दिएको छ। ती खोप कुनै पनि देशमा लगाएको १४ दिन पूरा गरेर खोप प्रमाणपत्र लिएका यात्रुले कतार पुगेर क्वारेन्टिनमा बस्नुनपर्ने नियम ल्याइएको छ।

यस्ता छन् नियम 

नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड  सम्बन्धी थप जानकारी।
१२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरूका लागि जारी गरेको अद्यावधिक मापदण्ड (https://covid19.moph.gov.qa/.../travel.../Pages/default.aspx) अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका मापदण्डको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ:  

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने। 
२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit  प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने।  
३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुनपर्ने।
४.कतारले मान्यता दिएका Pfizer/BioNTech, Moderna, Astrazeneca (Coveshield/Oxford) र Jansen/Johnson&Johnson खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नुनपर्ने। खोप लगाएको प्रमाणपत्रमा देहाय बमोजिमको जानकारी हुनुपर्ने: 
राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, 
खोप लगाइएको मिति,  
खोपको नाम/प्रकार,  
उपलब्ध भएमा खोपको लट नम्बर, र 
खोप लगाउने निकायको सही छाप 
५. त्यसैगरी Sinopharm खोप लगाएका यात्रुको हकमा आगमनको बखतमा एन्टीबडी परीक्षण गरी पोजिटिभ देखिएमा क्वारेन्टिन बस्नुनपर्ने तथा नेगेटिभ देखिएमा होटल क्वारेन्टाइन बस्नुपर्ने।
६. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुनपर्ने। 

७. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .