समाज


‘भगवानको भरोसा गर्छु खोप लगाउँदिन’ भन्ने व्यक्तिको कोरोनाका कारण मृत्यु

‘भगवानको भरोसा गर्छु खोप लगाउँदिन’ भन्ने व्यक्तिको कोरोनाका कारण मृत्यु

स्टेफन हार्मोन


नेपालखबर
साउन १०, २०७८ आइतबार १२:५७,

कोरोनाविरुद्धको खोपमा विश्वास राख्दिन भन्ने अमेरिकी राज्य क्यालिफोर्नियाका ३४ वर्षीय स्टेफन हार्मोनको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

हिलसङ मेगाचर्चका सदस्य उनले सुरुवातदेखि सामाजिक संजालमा कोरोना भाइरस साथै यो विरुद्ध बनेको खोपको मजाक उडाउँदै आएका थिए।

उनले गत जुनमा खोप नलगाउने इन्स्टाग्राममा घोषणा गरेका थिए। उनले आफूले खोपलाई भन्दा बढी बाइबल र भागवानलाई विश्वास गर्ने बताउँदै आएका थिए।

तर कोरोनाकै कारण उनी थलिए। उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखियो। उनले अस्पतालको शय्याबाट पनि आफूले खोप नलगाउने बताए।

यतिबेला उनको कोरोना भाइरसकै कारण मृत्यु भएको छ। विज्ञहरुले उनको निधनपछि स्टेफनले जस्तै कोरोनालाई सामान्य नठान्न आग्रह गरिरहेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad