अपराध


धादिङमा वृद्ध दम्पतीको हत्या : ६ र ८ मा पढ्ने दुई किशोर पक्राउ, मोबाइल पनि बरामद

धादिङमा वृद्ध दम्पतीको हत्या : ६ र ८ मा पढ्ने दुई किशोर पक्राउ, मोबाइल पनि बरामद

नेपालखबर
पुस १, २०७९ शुक्रबार १८:५२, काठमाडौँ

धादिङको मूलपानीमा भएको वृद्ध दम्पतीको हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई नियन्त्रण लिएको हो।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगरको शव मङ्सिर २६ गते सोमबार बिहान घरमै भेटिएको थियो। 

स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एकजना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन्। 

उनीहरूबाट हत्या गरिएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ। त्यही मोबाइल फोन खोस्न उनीहरुले हत्या गरेको सुरुवाती निचोड प्रहरीले निकालेको छ। 

नियन्त्रणमा लिएका दुवै बालकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .