सिराहा प्रहरीले २७६ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले शनिबार राति झाडीमा बेवारिसे अवस्थामा ११ वटा प्लाष्टिक बोरामा लागुऔषध गाँजा बरामद गरेको हो।
विशेष सूचनाको आधारमा कर्जन्हा नगरपालिकाको कार्यालयदेखि तीन सय मिटर उत्तरपश्चिममा रहेको झाडीमा गाँजाले भरिएका बोराहरू फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो विषयमा थप अनुसन्धान भइरहेको छ।
9
Shares

प्रतिक्रिया