अपराध


सुनसरीका विभिन्न सरकारी कार्यालयबाट  एक दर्जन बढी बिचौलिया पक्राउ

सुनसरीका विभिन्न सरकारी कार्यालयबाट  एक दर्जन बढी बिचौलिया पक्राउ

सुमन सुस्केरा
चैत १८, २०८२ बुधबार १५:५६, विराटनगर

सुनसरीका विभिन्न सरकारी कार्यालयहरूबाट एक दर्जन बढी बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, यातायात, मालपोत तथा जिल्ला प्रशासन कार्यालय आसपासमा रहेर बिचौलियाको भूमिकामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले ५ जनालाई यातायात कार्यालयबाट पक्राउ गरेको छ। नागरिकलाई रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने ५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान गरिहरेको छ । उनीहरूको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । त्यस्तै सर्वसाधारणको धेरै भिडभाड हुने मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समेत आधा दर्जन बढी बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए। नियन्त्रणमा लिइएका उनीहरूलाई अहिले यकिन गर्ने काम भइरहेको बताएको छ। 

पछिल्लो समय मालपोत, नापी, यातायात लगायतका कार्यालयहरूमा बिचौलियाले सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लाग्दै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad