जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका युवक बिहीबार भक्तपुरबाट पक्राउ परेका छन्।
भक्तपुरको दुवाकोटस्थित प्रहरी प्रभागको टोलीले जेनजी आन्दोलनमा भागेका ३५ वर्षीय साइला तामाङलाई पक्राउ गरेको हो। उनलाई दुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुले जनाएको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएका उनी हाल चागुनारायण नगरपालिका-२ दुवाकोटमा बस्दै आएका थिए। उनलाई बहुविवाह मुद्दामा कैद सजाय भएको थियो।
33
Shares

प्रतिक्रिया