अपराध


यूएई पठाउने भन्दै ठगेको आरोपमा दुई युवक पक्राउ

यूएई पठाउने भन्दै ठगेको आरोपमा दुई युवक पक्राउ

नेपालखबर
माघ २८, २०८२ बुधबार १८:१०, काठमाडौँ

यूएई पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-३ घर भइ हाल काठमाडौँको बुढालिनकण्ठमा बस्दै आएका ठमराज नेपाली परियार र ललितपुरमा बस्दै आएका रामकुमार राई पक्राउ गरेको हो। बेरोजगार युवायुवतीलाई आकर्षक तलब दिने प्रलोभन देखाएर ठगेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

उनीहरूले दुई लाख ८० हजार ठगेको आरोप छ। दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad