सामसङले चाँडै नेपालमा नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने भएको छ।
यसका आधिकारिक विवरणहरू अझै नखुलाइए पनि एउटा टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधा त्यसमा हुने देखिएको छ।
जुन सम्भावित रूपमा डिस्प्ले इन्टेलिजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ। अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचर तर्फ औंल्याउँछ अर्थात् यसले सम्भवतः अपग्रेडलाई संकेत गर्छ। यसले सामसङले अब के अनावरण गर्न सक्छ भन्ने बारेमा अनुमानहरू बढेका छन्।
नेपालभित्र ग्यालेक्सी फ्ल्यागसिपको सफलतामाथि टेकेर सामसङले दैनिक प्रयोगलाई अझ स्मार्ट र सजिलो बनाउने योजनातर्फ ध्यान दिइरहेको छ। टीजरमार्फत संकेत गरिएको अनुभव अन–डिभाइस ए-आइ द्वारा सञ्चालित एक इन्टेलीजेन्ट डिस्प्ले लेयरमा केन्द्रित देखिन्छ, जसले कन्टेन्टलाई रियल टाइममा गतिशील रूपमा अनुकूलन गर्छ ।
यसको प्रयोगकर्ताहरूले दैनिक विभिन्न परिस्थितिहरूमा आफ्नो स्क्रिन कसरी हेर्छन्, कसरी अन्तर्क्रिया गर्छन् र कसरी संलग्न हुन्छन् भन्ने अनुभवलाई अझ प्रभावकारी बनाउँछ ।
टीजरमार्फत संकेत गरिएको सबैभन्दा चासो जगाउने सम्भावनाहरूमध्ये एक भनेको अन-स्क्रिन प्राइभेसीप्रति नयाँ दृष्टिकोण हो। उन्नत डिस्प्ले प्रविधिहरू र अन-डिभाइस इन्टेलिजेन्सको उपयोग गरेर, सामसङले आजको अन-द-गो जीवनशैलीको लागि डिजाइन गरिएको एआई-संचालित प्राइभेसी तह प्रस्तुत गर्ने तयारी गरिरहेको हुन सक्छ।
प्रतीक्षा थपिँदै जाँदा, सामसङ नेपालको नयाँ टिजरले चाँडै नै नयाँ इन्टेलीजेन्सको तह खुलासा हुनसक्ने संकेत दिएको छ।
Shares

प्रतिक्रिया