अपराध


फेरि किन पक्राउ परे दुर्गा प्रसाईं?

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं?

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १४:९, काठमाडौँ

मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

प्रहरी हिरासतबाट छुटेको तीन साता नबित्दै प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले फेरि पक्राउ गरेको हो। यसअघि गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए। 

शुक्रबार उनलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो। उनी महाअभियानले आयोजना गर्न लागेको कार्यक्रमका लागि वीरगञ्ज जाँदै थिए। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताए। ‘निर्वाचन आयोगबाट आचारसंहित उल्लंघनबारे अनुसन्धान गरी कारबाही गर्न पत्र आएको थियो, अदालतबाट पक्राउ अनुमति लिएरै पक्राउ गरिएकाे हो,’ काफ्लेले भने। 

आयोगले निर्वाचन व्यवस्थापनमा अवरोध हुने गरी कसूर गरेकाले साइबर अपराध अन्तर्गत कारबाहीका लागि पत्र पठाएको थियो। वीरगञ्जमा आयोजना हुने विरोध कार्यक्रमले निर्वाचन व्यवस्थापनमा अवरोध पुग्ने जनाइएको छ। 

त्यसैलाई लिएर आयोगले साइबर ब्युरोलाई पत्र पठाएको थियो। ‘अहिले साइबर क्राइममा नियन्त्रणमा लिएका छौँ, अदालतबाट अनुमति लिएर थप अनुसन्धान गर्छाैँ,’ काफ्लेले भने। 

व्यवसायी प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ परेका थिए। उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रोक्नुपर्ने माग गर्दै आन्दोलनमा छन्। यसअघि माघ २ गते सरकारसँग भएको वार्तामा निर्वाचन विरोधी गतिविधि नगर्ने सहमति भएको थियो। तर उनले त्यस्ता गतिविधि भने राेकेका छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad