जय अम्बे स्टिल्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ। साथै गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अम्बे ग्रुप अन्तर्गत सञ्चालित यस कम्पनीले आधुनिक ढङ्गले स्टील उत्पादन गर्दै आएको छ। यस कम्पनीले उत्पादन गरेको स्टील देशको निर्माण क्षेत्र, होटल व्यवसाय, उद्योग तथा पूर्वाधार परियोजनाहरुमा बढी प्रयोग हुने गरेको छ। आधुनिक निर्माणका लागि बलियो र लचकदार हुने भएकाले कम्पनीको स्टील यी क्षेत्रमा बढी प्रयोग हुने जानकारी कम्पनीले दिएको छ।
Shares

प्रतिक्रिया