अपराध


बालिका हत्याको एक महिनापछि आरोपित पक्राउ

बालिका हत्याको एक महिनापछि आरोपित पक्राउ

नेपालखबर
पुस २२, २०८२ मंगलबार १९:४४, काठमाडौँ

बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धनुषाबाट एक जनालाई पक्राउ गरेको छ। 

सिराहाको कर्जन्हाकी १७ वर्षीया बालिका गत मंसिर २२ गते मृत फेला परेकी थिइन्। कर्जन्हा नगरपालिका–२ स्थित कमला सिंचाई नहरबाट करिब २० मिटर उत्तरको झाडीमा बालिकाको शव भेटिएको थियो। 

त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली अनुसन्धानमा खटिएको थियो। त्यससँगै मधेस प्रदेस प्रहरी कार्यालय, सिराहा जिल्ला प्रहरी कार्यालय, मिर्चैया इलाका प्रहरी कार्यालय र बन्दिपुर इकाला प्रहरी कार्यालयको टोली अनुसन्धानमा लागेको थियो। 

संयुक्त टोलीले सुक्षम अनुसन्धान पश्चात पुस २१ गते धनुषाको छिरेश्वरनाथ नगरपालिका-३, बटैयाका ४५ वर्षीय रामबालक चौधरीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखेर सोधपुछ भइरहेको श्रेष्ठले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad