अपराध


ट्राफिक प्रहरीद्वारा लापसेमा कडाइ, तीन जना चालक नियन्त्रणमा

ट्राफिक प्रहरीद्वारा लापसेमा कडाइ, तीन जना चालक नियन्त्रणमा

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ६:५४, काठमाडौँ

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे)सँगै लागूपदार्थ सेवन (लापसे)को छड्के जाँचमा पनि कडाइ गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सुरक्षा जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने तीन जना चालकलाई नियन्त्रणमा लिएको छ। लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि जाँच गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले बताए। 

छड्के जाँचका क्रममा बा २ ख २८११ नम्बरको हाइसका चालक सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का २६ वर्षीय आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रकका चालक रामेछापको खाडादेवी गाउँपालिका-६ का ३६ वर्षीय श्रीकृष्ण खत्री र बा १९ च १३ ५५ नम्बरको पिकअप गाडीका चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ का ३२ वर्षीय रामहरि शिलवाललाई नियन्त्रणमा लिएको हो। 

तीन जनालाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा  पठाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए। सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएको उनको भनाइ छ। 

सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुको जीवन समेत जोखिममा पर्ने हुनाले चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा प्रहरीलाई खबर गर्न ट्राफिक प्रहरीले यात्रुलाई आग्रह गरेको छ। तत्कालै नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सकिने प्रवक्ता सुवेदीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad