ad ad

अपराध


युवतीको फेसबुकमा अश्लील फोटो पोस्ट गर्ने व्यक्ति पक्राउ

युवतीको फेसबुकमा अश्लील फोटो पोस्ट गर्ने व्यक्ति पक्राउ

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १३:१७, काठमाडौँ

युवतीको फेसबुकमा अश्लील फोटो पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको हो।

महराले भेटेको मोबाइलबाट युवतीको फेसबुकमा अश्लील फोटो पोस्ट गर्ने तथा आफन्तलाई पठाउने गरेका थिए। 

युवतीले आफ्नो मोवाइल हराएको र उक्त मोबाइलमा सामाजिक सञ्जालका प्रोफाइलहरू लगइन अवस्थामै रहेको बताएकी थिइन्। मोबाइल हराएको केही दिनपछि उनको प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरु राखि अपलोड गरेको भन्दै उनले उजुरी दिएकी थिइन्। 

महराले किशोरीको प्रोफाइलबाट उनका दाजुलाई पनि यौनजन्य भिडिओ पठाएका थिए। युवतीको उजुरीपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .