रौतहटको गौरस्थित एक डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त टोलीले मंगलबार दिउँसो गौर नगरपालिका - ५ मा रहेको फूलतारा डेरी उद्योगमा छापा मारेर अखाद्य वस्तु बरामद गरेको हो।
त्यस क्रममा डेरी सञ्चाकसहित उद्योगमा कार्यरत चार जना कामदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उक्त डेरी सञ्चालक रौतहटकै राजपुर नगरपालिका १ भगवानपुरका महम्मद मतिउल्लाह हुन्।
प्रहरीले सञ्चालक मतिउल्लाहसहित डेरीमा कार्यरत तीनजना कामदारलाई पनि पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
एसपी मगरले डेरीबाट बरामद वस्तुको परीक्षण गरेर कानुनअनुसार दोषीलाई कारबाही गरिने बताए।
उक्त डेरीले भैंसीसहित पशुवस्तुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाएर बेच्ने गरेको सूचनाका आधारमा छापा मारिएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।
प्रतिक्रिया