ad ad

अपराध


बारामा गोली प्रहारबाट एक भारतीयको मृत्यु

बारामा गोली प्रहारबाट एक भारतीयको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार २१:३३, काठमाडौँ

बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए।

आज साँझ बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले  शिवपुजनलाई बोलाई चिया पसलमा गोली हानि फरार भएको बताइएको छ।

गोली प्रहारबाट गम्भीर घाइते शिवपुजनलाई प्रहरीको सहयोगमा अस्पताल पुर्याएको प्रहरी उपरीक्षक बोगटीले बताए। शिवपुजनको निधन न्युरो अस्पताल भएको प्रहरीले जनाएको छ।

मृतक शिवपुजन हिजो बरियापुर आफन्तकहाँ आएको प्रहरीले जनाएको छ।

शिवपुजनसँग रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्नको खोजतलास तीव्र पारिएको उपरीक्षक बोगटीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .