अपराध


सट्टेबाजीमा संलग्न १ जना पक्राउ, पौने ८ करोडको कारोबार गरेको भेटियो

सट्टेबाजीमा संलग्न १ जना पक्राउ, पौने ८ करोडको कारोबार गरेको भेटियो

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १६:२३, काठमाडौँ

नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फिफा विश्वकपका बेला सट्टेबाजी खेलाउने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बेटिङ एप आईएक्स बेटलगायतमार्फत सट्टेबाजी गराउने लमजुङ सुन्दरबजारका २६ वर्षीय सुजन गौलीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी काठमाडौंको टोखा बस्दै आएका थिए। आईएक्स बेटको एजेन्टका रुपमा उनी सट्टेबाजीमा संलग्न भेटिएको प्रहरीले जनाएको छ। 

उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा आईएक्स बेटको खाता खोली कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ। 

इसेवा, आईएमई पे र खल्तीजस्ता भुक्तानी सेवाप्रदायक र विभिन्न बैंकिङ प्रणालीमार्फत उनले हालसम्म २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँको कारोबार गरेको देखिएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा अन्य विभिन्न २६ वटा डिजिटल वालेट र बैंकिङ प्रणालीबाटै ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँबराबरको कारोबार देखिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उनको साथबाट आईएक्स बेट एप तथा एजेन्टले प्रयोग गर्ने आईफोन र सामसङ फोन बरामद भएको छ। त्यस्तै, एनटीसीको २ वटा सिमकार्ड, एनसेलको २ वटा सिमकार्ड र यूएईको एउटा सिमकार्ड पनि बरामद भएको छ। यसबाहेक नबिल बैंकको एउटा चेक, ग्लोबल आईएमईको एउटा भिसा कार्ड समेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .