बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले कोहलपुर नगरपालिका वडा नं. १३ स्थित भरैया ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको हो।
अवैध शिकार गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको नेपाली सेनाले जनाएको छ।
42
Shares

प्रतिक्रिया